सर्लाही । सर्लाहीमा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका ४ ९सागरनाथ० मा बिहिबार बिहान करिब पौने ११ बजे स्कुटर दुर्घटना भएको हो । बा ५४ प ६३०७ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
दुर्घटनामा सागरनाथकै ४० वर्षीया देवीमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तीव्र गतिको स्कुटर सडक किनारामा पार्किङ गरेर राखिएको टायरगाढामा गएर ठोकिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि घाइते बालकलाई उपचारको लागि मोडेल अस्पताल लालबन्दी लगिएको छ । लालबन्दीमा सामान्य उपचारपश्चात उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




