सिरहा । सिरहाको कल्याणपुर नगरपालिका ९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प ०८३५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका ९ बस्ने ५७ वर्षीय बद्री यादव रहेका छन् । उनको बिहिबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको आरके मेडिसिटी मुसहरनियामा उपचार क्रममा मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकलमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ ।
प्रहरीले मोटरसाइकल चालकलाई उपचारपश्चात् नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।




