धनुषा । धनुषाको जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिजमा आज दिउँसो ३ बजे मोटरसाइकलले पिकअपमा ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको पिकअपमा तिव्र गतिमा रहेको ज ९ प २७८७ नम्बरको पल्सर मोटरसाइकल स १ च १६२२ नम्बरको पिकअपमा पछाडिबाट ठक्कर दिएपछि मोटरसाइकलमा सवार दुई युवक घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा मिथिला नगरपालिका १ लक्ष्मीनिवास पता टोल बस्ने २४ वर्षका प्रदिप साह र २० वर्षका प्रमोद साह घाइते भएको र उपचारको लागि जनकपुरतर्फ पठाएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घाइतेमध्य प्रदिपको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।




