वीरगंज । वीरगंज महानगरपालिका २१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर राकसीराङ गाउँपालिका २ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा ४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




