धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका १ बिरेन्द्रबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ ग्राम ९ मिलिग्राम र डिजिटल तराजु १ थानसहित सिरहा कर्जन्हा नगरपालिका २ बस्ने ३५ वर्षीय ईन्दल साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर समेतबाट खटिएको प्रहरीले धारापानीबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल सहित चालक फरार भएको र मोटरसाइकलमा सवार ईन्दललाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त पदार्थ फेला परेको हो ।
हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




