वीरगंज । पोखरिया नगरपालिका ९ बैरियामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना २८ प ९४४३ नम्बरको मोटरसाइकल बिहिबार राति ९:३० बजे एकापसमा ठोक्किँदा वीरगंज महानगरपालिका १९ केहुनिया निवासी २२ वर्षीय इरफान मियाँँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगंज लैजाने क्रममा बाटोमैं मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको नेशनल मेडिकल शिक्षण अस्पतालमा र ना २८ प ९४४३ नम्बरको मोटरसाइकल चालकको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




