धनुषा । जनकपुर उपमहानगरपालिका १३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित सर्लाही हरिवन नगरपालिका ८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा प्र ०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




