सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मुतनीखोलास्थित सडकमा स ७ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक राजगढ गाउँपालिका २ बनैनिया बस्ने ६९ वर्षीय अबिराम सिंहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।




