सप्तरी । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका २ सखरदेहीस्थित सडकमा हनुमानगरबाट भारदहतर्फ जाँदै गरेको स १ त ३३०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक कंकालिनी नगरपालिका १ बस्ने २५ वर्षीय आनन्द मण्डलको मृत्यु भएको छ ।
ट्याक्टरको अगाडिको चक्का फुस्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




