रौतहट । रौतहट बृन्दावन नगरपालिका ८ स्थित सडकमा भुषाहाबाट बिर्तातर्फ जाँदै गरेको म प्र ०३-०२३ प ४४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रु सोही नगरपालिका ९ भुषाहा बस्ने ७० वर्षीया सगिरा खातुनको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको गरूडास्थित ग्राण्डी अस्पताल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




