महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका १ स्थित प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले स्रोत नखुलेको २ लाख २१ हजार भारतीय रूपैयाँसहित दुई जना पक्राउ गरेका छन् । सम्सीबाट गौशलातर्फ जाँदै गरेको प्र २-०२-००२ प २९८३ नम्बरको मोटरसाइकलमा सवार दुई जना पक्राउ परेका हुन् ।
गौशाला नगरपालिका ११ बस्ने ४१ वर्षीय रमेश कुमार यादव र सोनमा गाउँपालिका २ बस्ने ४१ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




