सप्तरी । सप्तरीमा यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काकरभिट्टाबाट वीरगन्जतर्फ जाँदै गरेको बसको ठक्करबाट २७ वर्षीय युवाको निधन भएको हो ।
कंचनरूप नगरपालिका १ बरमझियास्थित सडकमा काकरभिट्टाबाट वीरगन्जतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको शनिबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारका क्रममा मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




