बारा । जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा २ सय ७० किलोग्रामसहित भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको हो ।
ट्रकको क्याबिनमा बनाएको फल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाई छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकचालक प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




