सप्तरी । सप्तरीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँएको छ । सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोस्थित सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँएको हो ।
ना ८ ख ६४१० नम्बरको ट्रक र स ११ प ५१३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुन पुगेको हो ।
दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका ३ नर्घो बस्ने ४५ वर्षीय छुतहरू मण्डलको घट्नास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।




