सर्लाही । लालबन्दी नगरपालिका २ बाट नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ७१ हजारसहित हरिवन नगरपालिका ४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ना ३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई ५ सय दरका १ सय ४२ थान उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




