धनुषा । धनुषाको शहिदनगर नगरपालिका ९ क्युटानीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साईकलयात्री कमला नगरपालिका ८ हरिने बस्ने ५५ वर्षीय राजदेव यादवको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




