बारा । बाराबाट दुई क्वीन्टल एक केजी गाँजासहित पिकअप चालक र सहचालकलाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका वडा नं ५ ठूलो इट्टवालका मनोजकुमार साहको घरमा लुकाइ राखेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाजा ओसार पसारमा प्रयोग भएको बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी र त्यसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पिकअप चालक धादिङको निलकण्ठ नगरपालिका वडा नं ८ बस्ने सुजन अधिकारी र सहचालक धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं १ बस्ने रमेश नेपाली रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।




