सर्लाही । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ वर्षीया बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका ५ केराबारीस्थित सडकमा बा २९ प ९५९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ वर्षीया बालिकाको मृत्यु भएको हो ।
आइतबार दिउँसो दुर्घटना हुँदा सोही गाउँपालिका ४ बस्ने मोटरसाइकल चालक सोम बहादुर डिङडुङको छोरी कृष्टिना डिङडुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गाउँ मैत्री अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।




