बारा । जितपुर सिमरा उपमहानगरपालिका २२ गुण्डी टोल स्थित सडकमा बा ०६ ख २३११ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको छ । दुर्घटना हुँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ४ बस्ने ३१ वर्षीय चन्द्रकान्त बैठाको मृत्यु भएको छ ।
उक्त ट्रकले ना १ ज २८८५ नम्बरको टाटा सुमोलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




