महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका ४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको निधन भएको छ । पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र यादवकी छोरी ४ वर्षीया काजल यादवको सोमबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जनक नन्दनी अस्पताल सम्सी हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।




