बारा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । विहान १० बजेको समयमा उपमहानगरपालिका १६ पसाह पुलभन्दा पूर्व नजिकै ना ४ ख ७१९४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
मंगलवाबाट वीरगञ्जबाट आउँदै गरेको बस ओभरटेक गर्ने क्रममा सडक किनारमा पल्टेको हो । दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । यस्तै तीन जना मध्यम र १० जनाको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूको सिमरा अस्पतालमा उपचार भइरहेको छ । बसका सहचालक सिमरा बस्ने राकेश कुमार साहलाई नियन्त्रणमा लिई दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




