बारा । बाराको महागढीमाई नगरपालिका ६ भुतही पुल नजिक सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका २ मैनी टोल बस्ने २० वर्षीय रथ चालक रहम्द अंसारीको शुक्रबार बिहान मृत्यु भएको छ ।
उक्त स्थानमा रथको टायर फेर्ने क्रममा अंसारीलाई सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय प्रमेश्वर प्रसाद कुश्वाहाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।




