धनुषा । शहिदनगर नगरपालिका ६ हठ्ठिपुरस्थित यदुकुहाबाट हठ्ठिपुरतर्फ जाँदै गरेको मधेश प्र-०२-००६ प ८५७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ४ ननुपट्टी बस्ने १८ वर्षीय अख्तर राईनको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि गोदावरी हस्पिटल जनकपुर धनुषामा पठाइएको छ ।




