रौतहट । चन्द्रपुर नगरपालिका १० बालचनपुरबाट एक हजार दरको १३ थान नक्कली नेपाली नोटसहित २ जनालाई बिहिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका ८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी रहेका छन् ।
बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा फेला पारेको हो ।
प्रहरीले जाँच गर्ने क्रममा सिट कभरभित्र लुकाई राखेको उक्त नक्कली नोट फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




