रौतहट । भारत सितामढी बैरगनिया ८ असोगी टोल बस्ने ४७ वर्षीय प्रदिप कुमार बर्मालाई स्रोत नखुलेको नगद ४ लाख ४० हजार रूपैयाँ सहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड र सशस्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरबाट खटिएको संयुक्त टोलीले गौर नगरपालिका १ बाट उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एसि ७९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरका ३ सय ९० थान र ५ सय दरका १ सय थान गरी उक्त नगद सहित चालक बर्मालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




