सिरहा । सिरहा प्रहरीले पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहिबार साँझ करिव साढे ६ बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी ग्राम पञ्चायत पिपराही झझरी टोल बस्ने १८ वर्षीय निरज कुमार पासवान र वार्ड नम्बर १२ बलानशेर टोल बस्ने ३७ वर्षीय अरुण साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सखुवानन्कारकट्टी वडा नम्बर ५ स्थितमा रहेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहा कार्यालय अगाडी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट गियोबस एयर पिस्तोल स्विङ कालो रंगको एकथान बरामद गरेको प्रहरी निरीक्षक दीपककुमार सिंहले जानकारी दिए ।
पेस्तोलसहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




