रौतहट । लागुऔषधसहित रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ ईमाडोल बस्ने २१ वर्षिय समिर भुसाल रहेका छन् ।
गौर नगरपालिका ४ बसपार्क स्थित रहेको चिया पसल अगाडी शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका उनको साथबाट लागुऔषध डाईजेपाम ९६ पिस, नुर्फिन ९६, फेनारगन ९६ पिस गरि २ सय ८८ पिस लागुऔषध बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका भुसाललाई लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।




