रौतहट । रौतहटको गरुडा नगरपालिका ८ जिगडिया चोकमा आइतबार बसको ठक्करबाट मोटरसाइकललाई चालकको मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
ना ७ ख १५२० नम्बरको यात्रुबाहक बसले जिगडिया चोकमा बिआर ३० जेड ३०१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गरुडा ७ पिपरिया गाउँका ४० वर्षीय आशनारायण पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते पटेललाई उपचारका लागि ग्रान्डी हस्पिटल गरुडा पठाइएको थियो । अस्पताल पुगे लगत्तै पटेलको मृत्यु भएको हो ।
स्टेरिङ फेल भएको अवस्थामा घटनास्थलबाट बसलाई ईलाका प्रहरी गरुडामा ल्याइएको छ । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी रौतहटका डीएसपी एलिजा गिरीले बताइन् ।




