बारा । बारामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ४ औराहा चोकस्थित सडकमा बा २० च ८७४२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय विष्णु बहादुर खड्काको सोमबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ईभरग्रिन तराई हस्पिटल सिमरा हुँदै बयोधा अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




