वीरगञ्ज । लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका ७ बस्ने २१ वर्षीय अनिल पौडेल र सोही स्थानकी २० वर्षीय प्रेरणा पौडेल रहेकी छन् । वीरगञ्ज महानगरपालिका १६ स्थित चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट आउँदै गरेको दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले बोकेको झोलाबाट निट्राभेट टयाब्लेट २ सय ९४ पिस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता (डिएसपी) दिपक भारतीले जानकारी दिए । दुबै जनालाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।




