महोत्तरी । रामगोपालपुर नगरपालिका ४ बिचला चोकस्थित सडकमा रामगोपालपुर चोकबाट दोलाठीतर्फ जाँदै गरेको प्रदेश २-०२-००५ प १८०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका ४ बस्ने ७० वर्षीय देव नारायण महतोको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्वस्तिका हेल्थकेयर हस्पिटल प्रा.लि. जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




