सर्लाही । नगद लुपाटमा संलग्न रहेको अभियोगमा बागमती नगरपालिका ४ जिरायत बस्ने ४० वर्षीय राम बहादुर थिङ समेत ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको ना ३ ख २८७६ नम्बरको बसमा सवार महोत्तरी बर्दिबास नगरपालिका ३ बस्ने ७० वर्षीय पुरूषको साथमा रहेको नगद ४ लाख ७० हजार रूपैयाँ चोरी भएको थियो ।
सोही बसमा सवार अज्ञात समूहले महोत्तरी बर्दिबास नगरपालिका ३ कालापानीमा चोरी गरी बर्दिबासमा ओर्लिई धरानबाट नारायणघाटतर्फ जाँदै गरेको हाल अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी भागेका थिए ।
सूचनाको आधारमा खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सर्लाही बागमती नगरपालिका १२ पुतलीचोकस्थित कालिका होटलबाट लुटपाटमा संलग्न उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रूपैयाँसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी पठाइएको छ ।




