सिराहा । धनगढी माइ नगरपालिका १० जिरोमाईलस्थित सडकमा जिरोमाईलबाट सुखिपुरतर्फ जाँदै गरेको स ३ प २५३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
चालक सप्तरी राजविराज नगरपालिका ६ जमुनी घर भई सिराहा सुखिपुर नगरपालिका ८ बस्ने १८ वर्षीय बिक्रम दासको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिक अस्पताल रूपनी सप्तरीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।




