सिराहा । सिराहामा ट्याक्टरको ट्रलीबाट लडेर १९ वर्षीय युवाको मृत्यु भएको छ । सुखिपुर नगरपालिका १० स्थित सडकमा प्र २-०१-००१ त ०७८४ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सुखिपुर नगरपालिका १० बस्ने १९ वर्षीय विवेक ठाकुरको आइतबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ट्याक्टरको ट्रलीबाट लडेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




