सप्तरी । मोटरसाइकललाई बसले ठक्कर दिँदा २० वर्षीय युवाको मृत्यु भएको छ । हनुमाननगर कंकालनी नगरपालिका ५ जोगनियास्थित सडकमा को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई को १ ख ४०४६ नम्बरको बसले बिहिबार बेलुकी ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सोही नगरपालिका ७ बस्ने २० वर्षीय धुरूप मण्डलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिहं अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




