सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ स्थित कोशी बाँधमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी राजविराज नगरपालिका १५ का ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवधेश यादवले बताए ।
भारदहबाट हनुमाननगरतर्फ आइरहेको स २ प ७२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को ३४ प ५४५९ नम्बरको मोटरसाइकल हनुमाननगर कंकालिनी नगरपालिका ५ स्थित कोशी बाँधको सडकमा शनिबार बिहान १० बजेर ४५ मिनेटमा एकआपसमा ठोक्किँएका थिए ।
दुर्घटनामा स २ प ७२९६ नम्बरको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । यस्तै अर्को मोटरसाइकल चालकको पहिचान नखुलेको र घाइते अवस्थामा सिटी रिक्सामा चढी भारदहतर्फ गएको सुचना प्राप्त भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।




