रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको गस्ती टोलीले लाखौं बराबरको अबैध भारतीय सामानसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी गस्ति टोलीले विभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासीको ४ लाख २१ हजार ५९० बराबरको सामानसहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार बरामद १ लाख ४१ हजार ९०० बराबरको लत्ताकपडा, ७७ हजार ६९० को किराना खाद्यान, २ लाख २० हजारको ४ थान मोटरसाइकलसहित चारै जनालाई आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको छ ।




