महोत्तरी । महोत्तरीमा विद्यालय जाँदै गरेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । गौशाला नगरपालिका ३ इँटाटारमा टयाक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको हो ।
नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोकी ९ वर्षीया छोरी जिया सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट अन्य दुई बालबालिका घाइते भएका छन् । स्थानीय जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३ अध्ययनरत बालिकालाई आज बिहान विद्यालय जाँदै गर्दा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




