बारा । पूर्वपश्चिम राजमार्गस्थित बाराको तामागढी गेट नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । यस्तै मोटरसाइकलमा सवार एक महिला घाइते भएकी छिन् ।
आइतबार राति बा ६३ प ७३३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक सर्लाहीको धनकौल गाउँपालिका २ का ३७ वर्षीय दिनेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ४६ वर्षीया किशोरी साहको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल बारा पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




