वीरगञ्ज । लागुऔषध ब्राउन सुगरसहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मोतिहारीका २३ वर्षीय विकासकुमार पटेल रहेका छन् ।
वीरगञ्ज महानगरपालिका ८ पानीटंकी टोलस्थित जमुना सेकुवा पसलमा लागुऔषध खरिद बिक्री भइरहेको सूचनाको अधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्लास्टिकमा रहेको ४८ ग्राम ब्राउन सुगर बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए । पक्राउ परेका उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको भारतीले बताए ।




