वीरगन्ज । वीरगन्जबाट एक भारतीय नागरिकलाई ठूलो मात्रामा चरेससहित पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिको नाम ४२ वर्षीय गोपाल गिरी हो, जो उत्तर प्रदेश, भारतको अगरा जिल्लाका निवासी हुन् ।
वीरगन्ज महानगरपालिका २ को डम्पिङ साइड क्षेत्रमा लागुऔषधको खरिद बिक्री भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीका अनुसार, गिरीले बोकेको प्लास्टिकको झोलामा लुकाइ छिपाइ राखिएको २ किलो ९६० ग्राम चरेस बरामद गरिएको छ । पक्राउ परेका गिरीविरुद्ध लागुऔषध सम्बन्धी कानूनी कारवाही र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएका छन् ।




