रौतहट । रौतहटमा बिहिबार राति ईरिक्साले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका ४ मा ईरिक्साले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको हो ।
मधेस प्रदेश ०३-००१ ह ३४१४ नम्बरको ईरिक्साको ठक्करबाट जिल्लाकै गढीमाई नगरपालिका १ घर भई गरुडामा बस्दै आएका ३५ वर्षीय राम साह रौनियारको मृत्यु भएको हो ।
ईरिक्साको ठक्करबाट टाउकोमा चोट लागि घाइते भएका रौनियारको उपचारको क्रममा हेल्थ ल्याण्ड हस्पिटल गरुडामा उपचारपछि थप उपचारको लागि बाराको नौतनमा रहेको एलएस न्युरोमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईरिक्सा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




