रौतहट । सुरुङ खनेर घरभित्र पसेर चोरी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गत असार २४ गते राति दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।
चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा सेन काटेर सुरुङ बनाइ चोरी गरेको आरोपमा प्रहरीले गरुडा नगरपालिका ९ बिर्ती श्रीपुर निवासी ३० वर्षीय जिआउल हकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो र बिहिबार अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।




