बारा । बाराको सुवर्ण गाउँपालिका १ चरमोहनामा प्रदेश २-०३०० त ३८५४ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने अजय सिंहको छोरा ४ वर्षीय साजन कुमार सिंहको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
अजयले साजनलाई ट्याक्टरमा बसाई इँटा लोड गरी एक ठाउँबाट अर्को ठाउँमा सार्दै गर्दा ट्याक्टरबाट लडेका उनलाई ट्याक्टरको चक्काले कुल्चिदाँ घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




