सर्लाही । सर्लाहीको हरिवनमा टिपरले किच्दा एक व्यक्तिको ज्यान गएको छ । हरिवन नगरपालिका ११ बासाटोलमा मोटरसाइकललाई ठक्कर दिँदा हरिवन नगरपालिका ७ का दीपक अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३–००१ क ११३७ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपर बागमती नगरपालिका ४ जिरायतका टेक बहादुर थिङले चलाएको खुलेको छ ।
प्रहरीले टेक बहादुर थिङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । अधिकारीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।




