सर्लाही । मंगलबार राति ११ बजे सर्लाहीको बरहथवा-नयाँरोड सडकखण्ड अन्तर्गत पर्ने मूर्तिया जंगलमा म्याजिक भ्यान दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको ना १ ज ६८१० नम्बरको म्याजिक भ्यान दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा सर्लाही लालबन्दी नगरपालिका ६ निवासी १८ वर्षीय चालक सुदीप बिसुङ्खे गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार, उनको अवस्था चिन्ताजनक छ ।
प्रहरीको रात्रि गस्ती टोलीले म्याजिक भ्यान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो । चालकलाई अचेत अवस्थामा बरहथवा अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीले म्याजिकमा अन्य यात्रु भने नभएको पुष्टि गरेको छ ।




