सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका, बरमझियामा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि विराटनगर पठाइएको छ । बाँकी १८ जना घाइतेको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।
यस दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो । बस उदयपुरको गाईघाटबाट काँकडभिट्टा जाँदै थियो, तर विपरीत दिशाबाट आएको मोटरसाइकललाई बचाउने प्रयासमा दुर्घटनामा परेको हो ।




