धनुषा । धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत ११ वर्षीया आरोही कुमारी मण्डल स्कुल बसले किच्दा मृत्यु भएको छ ।
प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिएको हो ।
गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जानकारी डिएसपी सिंहले दिए ।
घटना बारे सुनेर आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्, जसले गर्दा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।




