बारा । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहिबार ७८ हजार नगदसहित नियन्त्रणमा लिएको छ ।
साहलाई हेटौंडाबाट खटिएको अख्तियारको टोलीले कलैया उपमहानगरपालिका ४ मा सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अख्तियारका हेटौंडा शाखाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमका अनुसार साहले बिल भुक्तानी गरिदिने आश्वासन दिएर सेवाग्राहीसँग उक्त रकम लिएका थिए ।
सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैयामा पुगेको थियो । पक्राउ परेका साहलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि हेटौंडा लैजाने तयारी भइरहेको गौतमले जानकारी दिए ।




