रौतहट । प्रहरीले एक भारतीय नागरिकलाई स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको पहिचान भारतको बिहार राज्यको मोतीहारी जिल्लास्थित फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरीको रूपमा भएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार, आइतबार साँझ चौधरीले सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा यात्रा गर्दै गौर तर्फ जाँदै गर्दा अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्यो ।
चेकजाँचका क्रममा उनले बोकेको नाइलनको झोलामा ५ सयको १ सय थान गरी कुल ५ लाख रुपैयाँ बरामद भएको हो । प्रहरीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।




